|
प्रतीकात्मक फोटो

रामेछाप : रामेछाप नगरपालिका–१ स्थित खरानेटार र कुकुरकाटे भञ्याङको सिमानामा रहेको भालु खोलामा सुमो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

दुर्घटनामा  रामेछाप नगरपालिका–१ गोठगाउँकी ६० वर्षीया ललिमाया कार्की र ४० वर्षीय दुर्गाबहादुर कार्कीको मृत्यु भएको हो। मृतक आमा छारा रहेको स्थानीय युवराज सापकोटाले जानकारी दिएका छन्। दुर्घटनाका घाइतेहरूलाई उपचारको लागि सदरमुकाम मन्थली ल्याइएको वडा अध्यक्ष नरबहादुर थापाले जानकारी दिएका छन्। 

रामेछाप नागारपालिका–२ कुकुरकाटे भञ्ज्याङ्गबाट गोठगाउँतर्फ जादै गरेको ना १ ज ४८१२ नम्बरको सुमा अनियन्त्रित भएर सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.