|

पर्सा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताएका छन्। 

पर्साको जिराभवानी गाउँपालिकामा शनिबारदेखि शुरु भएको छैटौँ परसावा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, 'खेलकूदमा लागेका युवा र तिनका आश्रित परिवारको भविष्यको सुनिश्चित नभएका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने प्रतिभा भएका खेलाडी बाध्य भएर खेलजीवन त्याग्ने गरेको छ।' 

यसैगरी मुख्यमन्त्री राउतले आजै सखुवाप्रसौनी गाउँपालिकामा सञ्चालित भलिबल प्रतियोगिताको समापन अवसरमा बोल्दै आउँदो तिहार भित्रै करार विधेयक ल्याउन प्रदेश सरकार तयारी गरिरहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.