|

नवलपरासी : पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

घटनामा कम्तीमा ३९ जना घाइते भएका छन्। इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा परेका घाइते ३३ जनालाई उपचारका लागि नारायणगढ पठाइएको र ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाकाे थप विवरण अाउँन बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.