|

स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–२ ले पराजित गरेको छ। 

बार्सिलोनाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो। कप्तान लिओनल मेसीको पासमा फिलिप कोउटिन्होले सुरुवाती गोल गरे। १२ औं मिनेटमा कप्तान मेसीले नै अग्रता दोब्बर पारे। उनले अर्का फरवार्ड लुइस सुआरेजको पासमा कुनै गल्ती गरेनन् । पहिलो हाफमा केहि थप अवसर सिर्जना गरेपनि बार्सिलोना अग्रता बढाउन असफल रह्यो।

खेलको २६ औं मिनेटमा बार्सिलोनालाई धक्का लाग्यो। फ्रान्को भाज्केज र लिओनेल मेसी बलको लागि जुध्दा लड्ने क्रममा मेसीको काँधमा चोट लाग्यो।  दोस्रो हाफको ६३ औं मिनेटमा लुइस सुआरेजले बार्सिलोनालाई ३–० ले अगाडी पुर्याए। गोलरक्षक टोमस भाक्लिकको गल्तीमा सुआरेजले प्राप्त पेनाल्टीलाई सहजै गोल गरे। ७९ औं मिनेटमा पाब्लो सराबियाले सेभिल्लाक लागि गोल फर्काए। इभान राकीटिचले ८८ औं मिनेटमा गोल गर्दै पुन ३ गोलको अग्रता कायम गरे । अन्तिम मिनेटमा सेभिल्लाका लुइस मुरिएलले गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याए।

यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । बार्सिलोनाले ९ खेलमा १८ अंक जोडेको छ। दोस्रो स्थानको अलाभेसले ९ खेलमा १७ अंक तथा तेस्रो र चौथो स्थानका सेभिल्ला र एटलेटिको म्याड्रिड समान १६ अंकमा छन्। रियल म्याड्रिड १४ अंकसहित पाँचौ स्थानमा छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.