|

भारतको अमृतसरमा रेलले किचेर ५९ जनाको मृत्यु भयाे। कैयौँ घाइते भए। 

पञ्जाब प्रान्तको अमृतसरमा शुक्रबार साँझ रावणको पुत्ला दहन गरिरहेको भिडमा रेलले दौडिएको थियो। त्यही भिडमा दलवीर सिंह रामलीलामा रावणको भूमिका निभाइरहेका थिए। रामलीलाको आफ्नो भूमिका सकिएपछि उनी पनि पुत्लादहन हेर्न भिडमा मिसिएका थिए। उनी पहिलोपटक रावणको भूमिकामा देखा परे। उनको रावणको भूमिका जीवनकै अन्तिम अभिनय बन्न पुग्यो।

गत वर्ष रामको भूमिमा खेल्दै आएका सिंहले यो वर्ष पहिलो पटक साथीहरुको आग्रहमा रावण बनेर अभिनय गरेका थिए। जब दुर्घटना भएको थियो त्यसबेला उनी रामलीलाबाट निस्केर रेलको लिक नजिकैबाट हिँड्दै थिए। त्यति नै बेला उनले तीव्रगतिको रेल देखे। उनले दौडिँदै लिक आसपासका सर्वसाधारणलाई हटाउन थाले।

सिंहसँगै रावणको पुत्लादहन हेर्न उनकी आमा, श्रीमती र अाठ महिनाका छोरा पनि गएका थिए। उनीहरू बाँच्न सफल भए तर दलवीर मारिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.