खेलकुद

बार्सिलोनालाई झट्का : मेसी तीन साता मैदान बाहिर
SHARES

कात्तिक ४, २०७५

    साबिक ला लिगा च्याम्पियन बार्सिलोनालाई झट्का लागेको छ। सेभिल्ला विरुद्धको खेलका दौरान स्ट्राइकर घाइते भएपछि लियोनेल मेसी तीन साता मैदान बाहिर हुने भएका छन्।

    खेल दौरान बल खोस्ने क्रममा लडेपछि उनको दायाँ हातमा चोट लागेको हो। बार्सिलोनाका अनुसार ३१ वर्षीय मेसीको दायाँ हातको हड्डीमा भाँचिएको छ। उनलाई पूर्णत निको हुन तीनदेखि चार साता लाग्नेछ। योसँगै मेसीले सिजनको पहिलो एल क्लासिको भिडन्त गुमाउने भएका छन्। आगामी साता बार्सिलोना रियल म्याड्रिड विरुद्ध मैदानमा उत्रिँदैछ। मेसीले मध्यसातामा हुने इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगको महत्त्वपूर्ण भिडन्त पनि गुमाउने पक्का छ।

    मेसीले सेभिल्लाविरुद्ध खेलको २६ मिनेटभित्र नै एक गोल र एक 'असिस्ट' दिएका थिए। उनले सिजनको सुरुवात पनि उत्कृष्ट ढंगले गरेका थिए। उनले १२ खेल खेल्दै १२ गोल गरिसकेका छन्। मेसीलाई मैदानमा ठिक हुने प्रयासमा बार्सिलोनाका फिजियोले ब्यान्डेज लगाएका थिए। तर अत्यधिक दुखाइका कारण मेसीले खेल्न सकेनन्। उनको स्थानमा ओस्मान डेम्बेले मैदान प्रवेश गरेका थिए।

    मेसी मैदानबाट बाहिरीएपछि लुइस सुआरेजले बार्सिलोनाको आक्रमण सम्हाल्दै एक गोल गरे। पछिल्लो ६ खेलमा गोल गर्न नसकेका सुआरेजले मेसीको अनुपस्थितिमा क्लबलाई जोगाउने जिम्मेवारीमा आएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]