|

नवलपरासी : पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका क्रममा ज्यान गएको हो

मृत्यु हुनेमा सुनसरीको कोशी गाउँपालिका–३का अब्दुल अन्सारी, भाजपुरका रामजीत राई, मोरङका ११ वर्षीय सुहम कार्की र भारत बिहार घर भएका विद्यानन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गुल्मी हस्तिचौर–२ का नेपाली सेनामा कार्यरत तिलक विष्ट को उपचारको क्रममा भरतपुरमा मृत्यु भएको नवलपुर प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए।

प्रहरीका अनुसार एक पुरुषको सनाखत हुन सकेको छैन।

घाइते भएका ४१ जनाको उपचार भरतपुरमा भइरहेको छ। नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले बताए। इटहरीबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस बिहान ५ बजेको समयमा अनियन्त्रित भई सडकबाट खसेको थयो। बसको बत्ती मधुरो रहेको र तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको प्रहरी उपरीक्षक थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.