|

युरोपियन शीर्ष पाँच लिगमा ४०० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन्। युभेन्टसले जारी सिजन पहिलो पटक अंक बाँडेको खेलमा रोनाल्डोले एेतिहासिक उपलब्धि हासिल गरेका हुन्।

जिनोआसँगको खेलमा युभेन्टसले घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले खेलको १८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट अग्रता बनाएको थियो। तर जिनोआ ३०औँ मिनेटमा ड्यानियल बेस्साले गोल गर्दै जेनोआलाई खेलमा फर्काए।

रोनाल्डोको उक्त गोल युरोपियन शीर्ष पाँच लिगमा ४००अौँ गोलका बन्यो। रोनाल्डोले यसअघि रियलबाट ला लिगामा ३११ र म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिगमा ८४ गोल गरेका थिए। यसै सिजन युभेन्ट्स आबद्ध भएका रोनाल्डोले सिरि एमा पछिल्ला १० खेलमा पाँच गोल गरेका छन्।

बराबरी पछि पनि युभेन्ट्स ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थान यथावत् राखेको छ। १३ अंक जोडेको जेनोआ लिगको दशौँ स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.