|

धनगढी : धनगढी क्रिकेट एकेडेमी (डीसीए)को टोली आइतबार भारतको मुम्बई प्रस्थान गरेको छ।

क्रिकेट टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग सातवटा एकदिवसीय खेल खेल्ने डीसीएले जनाएको छ। टोलीलाई आइतबार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमकाबीच विदाई गरेका हुन्।

प्रमुख वडले खेलले राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको विकासका लागि आफू प्रतिबद्ध रहेको बताए।

यस्तै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाष शाहीले खेलाडीहरूलाई प्रशिक्षणसँगै खेलको अवसर पनि आवश्यक पर्ने भएकाले मुम्बईमा खेल्न पाउँदा राष्ट्रका लागि प्रतिभावान खेलाडी उत्पादनमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

मुम्बई गएको टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विक लगायतका खेलाडी छन्। यस्तै प्रशिक्षकमा दीपेन्द्र चौधरी छन् भने व्यवस्थापकमा भरत जोशी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.