|

#MeToo (मिटू) अभियानअन्तर्गत यौन उत्पीडनको आरोप लागेका अनु मलिकलाई सोनी च्यानलले सञ्चाल गर्दै आएको इन्डियन आइडल शोबाट हटाउने निर्णय गरेको छ। सोनी टेलिभिजनका प्रवक्ताले भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा उक्त कुराको पुष्टी गरेका हुन्।

उनले अनु मलिक आगामी सिजनको ज्युरी सदस्य नरहने बताए। उनले भने, शो तय सेड्युलअनुसार नै सञ्चाल हुनेछ तर योपटक ज्युरी सदस्यमा अनु मलिक भने हुने छैनन्। र इन्डिन आइडल १० को सिजनमा खास ट्यालेन्टलाई जर्ज गर्नका लागि विशाल र नेहाबाहेक भारतीय संगीत क्षेत्रका विशेष व्यक्तिलाई लिएर आउने छौँ।

महिलाहरूले अनु मलिकमाथि आरोप लगाएलगत्तै इन्डियन आइडल सिजन ५ कि असिस्टेन्ट डाइरेक्टर रहेकी डिनका डिसूजाले पनि ती महिलाहरूमाथि अनु मलिकले गलत व्यवहार गरेको आफूलाई थाहा भएको बताएकी छन्।

तर अनु मलिकले भने इन्डिन आइडल आफ्नै कारण छोड्न लागेको बताएका छन्। उनले आफूले इन्डियन आइडल, आफ्नो काम र संगीतलाई एक साथ अगाडि बढाउन नसकेका कारण इन्डियन आइडल छोड्न लागेको बताएका छन्।

उनी सुरुदेखि नै इन्डियन आइडलका ज्युरी सदस्य थिए। उनीमाथि श्वेता पण्डित र सोना महापात्राले यौन उत्पीडनको आरोप लगाएका थिए। त्यसलगत्तै उनीमाथि पुनः दुई जना महिलाहरू यौन उत्पीडनको गम्भीर आरोप लगाए। पुनः एक महिलाले पनि उनीमाथि योन शोषणको आरोप लगाएकी छन्। अनु मलिकले ९० दशकमा ती संघर्षरत गायिकाहरू आफूहरूमाथि  अश्लिल व्यवाहर गरेको आरोप लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.