|


कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ को कार्यालयमा नगरस्तरीय दलित जनजाति संयुक्त संघर्ष समितिले एकसाता अघि गरेको तालाबन्दी आइतबार खोलिएको छ।

 नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, वडा अध्यक्ष, शुरक्षा नियकायका प्रतिनिधि  र संघर्ष समितिका पदाधिकारीबीच दुईबुँदे सहमति पश्चात तालाबन्दी खोलिएकाे हाे। राष्ट्रिय माध्यमिक विद्यालयमा रिक्त दरबन्दीमा शिक्षक सरुवाका विषयमा विवाद हुँदा दलित संघर्ष समितिले वडा कार्यालयमा तालाबन्दी गरेको थियो। 'शिक्षक सरुवाका लागि नगरपालिकाको कार्यपालिका र नगर शिक्षा समितिले कार्य अगाडि बढाउने र जनतालाई सहज रुपमा सेवा उपलव्ध गराउनका लागि ताला खोल्ने निर्णय गरिएको छ' वडा अध्यक्ष ज्ञानबहादुर बिष्टले भने। 

'नगरपालिकाका बिषयगत कार्यालयमा संविधानमै व्यवस्था भएको समानुपातिक समावेशीताको कुरा लागु नभएपछि तालाबन्दी गरेका हौं' संघर्ष समितिका सदस्य शिवि लुहारले भने। नगरपालिकाका नगर प्रमुखले समावेशीताको कुरा लागु गर्ने प्रतिवद्धता जनाए पछि तालाबन्दी खोलिएको उनले बताए।

छलफल पश्चात वडा कार्यालयमा लगाईएको ताला संघर्ष समितिका अध्यक्ष गोविन्द नेपाली आफैले तोडेका छन्। वडा ४ मा रहेको को दलित शिक्षकको सरुवाको विषयलाई लिएर गत असोज २८ गते संघर्ष समितिले दोस्राे पटक तालाबन्दी गरेको हो। त्यस अघि लाइएको ताला जनप्रतिनिधिको रोहवरमा तोडिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.