|

ताप्लेजुङ : जिल्लाको सिरिजंगा गाउँपालिका ७ स्थित ढाक्रे खोलाको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। भिरबाट लडेर सोही स्थान बस्ने  वर्ष ४५ का श्रीप्रसाद गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

गुरुङ शनिबार दिउँसो १ बजे बजारबाट घर फर्कने क्रममा भिरबाट लडेर ३० मिटर तल खसेर घाइते भएका थिए। घाइते गुरुङलाई स्थानीय क्लिनिकमा उपचार पश्चात घर लगेर सुताइएकोमा बिहान ७ बजे उनी मृत अवस्थामा फेला परेका थिए।

घटनाको जनकारी पाउनासाथ इलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरीचौकी खेवाङबाट प्रहरीको टोली खटी गई कानुनी प्रक्रिया पूरा गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.