|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता लिलामणि पोखरेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। गत महिना २९ गतेदेखि पिसाबसम्बन्धी समस्याबाट पीडित नेता पोखरेल ललितपुरस्थित सिटी सुमेरु अस्पतालमा उपचाररत छन्।

अध्यक्ष दाहालले आज सुमेरु अस्पतालमा पुगेर उपचाररत नेता पोखरेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्। अस्पतालले नेता पोखरलेको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएको छ। साथै अस्पतालले उनलाई छिट्टै डिस्चार्ज दिने पनि बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.