|

दाङ : तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरको  पहिचानलाई  स्थापित गर्नका लागि  बहुउद्देश्यीय  तुलसी ट्रेड टावर निर्माण गर्ने भएको छ।

उपमहानगरपालिकाले  निजी क्षेत्रसँग सहकार्य गरेर सुविधायुक्त व्यापारिक स्तम्भ निर्माण गर्ने भएको हो। त्यसका लागि उपमहानगरपालिकाले चालु आवमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख घनश्याम पाण्डेयले जानकारी दिए। उनका अनुसार सो स्तम्भ उपमहानगरपालिको आफ्नै कार्यालय भवन नजीकै रहेको तरकारी मण्डीभित्र निर्माण गरिने छ।

त्यहाँस्थित तरकारी मण्डी अब छिटै उपमहानगरपालिकाको वडा नं ६ मा निर्माण गर्ने लागिएको तरकारी बजार केन्द्रमा सारिने छ।  स्तम्भ निर्माणका लागि अब छिट्टै प्रक्रियाअगाडि बढाइने उपमहानगरपालिकाले जनाएको छ। करीब ४० करोड रुपैयाँको लागतमा बनाइने सो स्तम्भमा क्यु एफ, एक्स चलचित्रघरसहित सात तला रहने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.