|

रुससँग गरिएको ऐतिहासिक आणविक हतियारसम्बन्धी सन्धिबाट अलग हुने संयुक्तराज्य अमेरिकाको पहल विश्वमै एउटै मात्र ध्रुव बनाइ महाशक्ति आर्जन गर्ने सपनाबाट अभिप्रेरित रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ।

'यसको मुख्य उद्देश्य नै आफूमात्र महाशक्ति हुने एकल ध्रुवीय विश्व निर्माण गर्नु हो। के यो सम्भव छ ? छैन', विदेश मन्त्रालयको एक स्रोतले रिया नोभोस्ती समाचार समितिलाई बतायो। ती अधिकारीले रसियाले आणविक सम्झौता रद्द गर्ने अमेरिकी नीतिको धेरैपटक खुलेरै बिरोध गरेको बताए।

'वासिंटनले विगतदेखि नै यो सम्झौताको उल्लंघन गरिरहेको थियो', नाम बताउन नचाहने ती अधिकारीले भने 'यो निर्णय विगतमा अन्तर्राष्ट्रिय कानुनी सम्झौताबाट फिर्ता हुने अमेरिकी नीतिकै एक हिस्सा हो जसले दुवै मुलुकबीच आणविक अप्रसारमा समान जवाफदेहीता सुनिश्चित गरेको थियो।'

रुसी सिनेटर अलेक्सी पुस्कोभले ट्वीट गर्दै ट्रम्पको पछिल्लो कदम विश्वमै रणनीतिक स्थायित्वको सम्पूर्ण प्रणालीका विरुद्धको दोस्रो घातक प्रहार रहेको बताएका छन्। 'फेरि पनि सम्झौता तोड्ने अगुवाइ संयुक्तराज्य अमेरिकाले नै गरेको छ,' पुस्कोभले लेखेका छन्। यसअघि पनि वासिंटन सन् २००१ मा एन्टी–ब्यालिस्टिक मिसाइल सन्धिबाट अलग भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावीसभापछि पत्रकारहरूसँग कुरा गर्दै रुससँग गरिएको शीतयुद्धकालीन आणविक अस्त्रसम्बन्धी सन्धिबाट अमेरिका अलग हुने योजना बनाएको बताएका थिए। आलोचकहरूले विश्वकै महाशक्ति राष्ट्र हुने अमेरिकी चाहनाबाट अभिप्रेरित रहेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले तीन दशकअघिको मध्यमदूरीको आणविक अस्त्रसम्बन्धी सन्धि (आइएनएफ) को रुसले लामो समयदेखि उल्लंघन गरेको दाबी गरे। 'रसियाले यो सन्धिको उल्लंघन गरेको छ। धेरै वर्षदेखि उनीहरूले यसको उल्लंघन गरिरहेका छन्। मलाई थाहा छैन पूर्व राष्ट्रपति बाराक ओबामाले यो सन्धिबारे किन वार्ता गरेनन् वा सम्झौताबाट अलग हुने निर्णय गरेनन्। हामी आणविक सम्झौता उल्लंघन भइरहन दिँदैनौँ' उनले भने।

यो सन्धि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभबीच सन् १९८७ मा भएको थियो।

'रसियाले यो सन्धिको उल्लंघन गरेको छ। धेरै वर्षदेखि उनीहरूले यसको उल्लंघन गरिरहेका छन्। मलाई थाहा छैन पूर्व राष्ट्रपति बाराक ओबामाले यो सन्धिबारे किन वार्ता गरेनन् वा सम्झौताबाट अलग हुने निर्णय गरेनन्। हामी आणविक सम्झौता उल्लंघन भइरहन दिँदैनौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.