|

पर्सा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भलुवाही खोलाका कारण हुने डुबानको समस्या समाधान गर्न प्रदेश सकारले संघीय सरकारलाई आग्रह गर्ने बताए।

पर्साको जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका बीचमा पर्ने भलुवाही खोलाको आज स्थलगत अनुगमनपछि मुख्य मन्त्री राउतले खोकाबाट उत्पन्न समस्या समाधान गर्न प्रदेश सरकारले तत्कालै पहल गर्ने प्रतिद्धता व्यक्त गरे। 

मुख्यमन्त्रीसँगै सो स्थानमा पुगेका प्रदेश २ का भौतिक पूर्वधारमन्त्री जीतेन्द्र सोनलले खोलाले पारेको असर कम गर्ने उपाय खोज्न सिँचाइ विभागका प्रमुखलाई निर्देशन दिए।  पर्साको सखुवा प्रसौनि गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथ पुर गाउँपालिका भएर बग्ने भुलवाही खोलाका कारण वर्षायाममा एक दर्जन गाउँका एक हजार भन्दा बढी परिवार डुबानको समस्या खेप्ने गरेका छन्।

प्रत्येक वर्ष खोलाले धार परिवर्तन गर्दा हजारौँ बिगाहा खेतीयोग्य जग्गा पुरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.