|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आइतबार साँझ बसेको सचिवालय बैठकले रामवीर मानन्धरको राजीनामा प्रस्ताव हाललाई स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले रामवीरलाई राजीनामा दिन लागउने निर्णय स्थगित गरेको हो।

काठमाडौं ७ का प्रतिनिधिसभा सदस्य रामवीरले गतहप्ता पत्रकार सम्मेलन गरी राजीनामा दिनका लागि पार्टीसमक्ष प्रस्ताव पेस गरेको घोषणा गरेका थिए। नेकपाका नेता वामदेव गौतमका लागि उनले ठाउँ खाली गरिदिन राजीनामा दिने घोषणा गरेका थिए। तर आइतबार बसेको सचिवालय बैठकमा लामो छलफलपछि रामवीरको राजीनामा स्वीकृत नगर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आइतबार बेलुका भएको छलफलमा नेता गौतमले उपनिर्वाचनमा नजाने पनि बताउनु भएको प्रवक्ता श्रेष्ठले बताए। बाँकी एजेन्डाका विषयमा सोमबार दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल गर्ने गरी आइतबारको बैठक टुंगिएको पनि उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.