|

पाँच वान डे सिरिजको पहिलो खेलमा भारतले वेस्टइन्डिजलाई पराजित गरेको छ। भारतको गुवाहिटीमा आइतबार भएको खेलमा भारतले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको हो।

वेस्टइन्डिजले दिएको ३२३ रनको लक्ष्य भारतले ४२.१ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो। भारतलाई जित दिलाउने क्रममा कप्तान विराट कोहली र रोहित शर्माले शतक बनाए। कोहली १४० रनमा आउट हुँदा रोहित शर्मा १५२ रन बनाएर नटआउट रहे।

कोहली र रोहितले चौथो पटक एकै पारीमा एकैसाथ शतक बनाएका हुन्। यी दुई दक्षिण अफ्रिकाका एबी डिविलियर्स र हासिम अमला भन्दा पछाडि छन्। डिविलियर्स र अमलाले पाँच पटक यस्तो प्रदर्शन गरेका छन्।

भारतलाई जिताउने क्रममा शर्मा र कोहलीले २४६ रनको साझेदारी गरेका थिए। कप्तान कोहलीले वेस्टइन्डिजविरुद्ध शतक बनाउँदै सन् २०१८ मा दुई हजार रन पूरा गरेका छन्। उनी लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय क्रकेटमा दुई हजार भन्दा बढी रन बनाउने खेलाडीको सूचीको चौथो ब्याट्सम्यान पनि बने। उनीभन्दा पहिले सचिन तेन्दुल्कर, म्याथू हेडन र जोए रुटले यस सूचीमा नाम लेखाएका छन्। कोहलीले पाँच पटक अन्तर्राष्ट्रिय क्रिकेटमा एकै वर्ष दुई हजारभन्दा बढी रन बनाएका हुन्। यसअघि सचिन र महिला जयवर्धनेले बनाएको यो रेकर्डको बराबरी भएको छ। अब मात्र श्रीलंकाका कुमार संगकारा मात्रै ६ पटक गरेर यस्तो रन बनाउनेमा अगाडि छन्।  

भारत भ्रमणमा रहेको वेस्टइन्डिजले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३२३ रन बनाएको थियो। उसका लागि शिमरोन हेटमेयरले १०६ रन बनाए। किरन पावेलले ५१ रन बनाउँदा जेसन होल्डरले ३८ रन जोडे। भारतका लागि युजवेन्द्र चहलले सर्वाधिक ३ विकेट लिएका थिए। त्यस्तै रवीन्द्र जडेजा र मोहम्मद सामीले दुई-दुई विकेट लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.