|

काठमाडौं : सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ। लामो समयदेखि रिक्त चार र खाली हुन लागेका ६ कूटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘नियुक्तिका लागि उपयुक्त उम्मेदवारको 'रोस्टर' तयार पार्दैछौँ, त्यो सकिनासाथ प्रधानमन्त्रीसँग छलफल गरी ‘क्याबिनेट’मा प्रस्ताव लैजान्छौँ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘तिहारअघि नै नियुक्त हाुनेछ।

कान्तिपुर दैनिक अगाडि लेख्छ, ‘हाल भारत, यूएई, मलेसिया र राष्ट्रसंघका लागि स्थायी नियोगमा राजदूत छैनन्। यूएईमा अढाइ वर्षअघि धनञ्जय झाको र मलेसियामा गत माघमा निरञ्जनन बस्नेतको पदावधि सकिएको थियो।

भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभा सदस्य लड्न अघिल्लो असोजमा राजीनामा दिएका थिए। राष्ट्रसंघका लागि राजदूत दुर्गाप्रसाद भट्टराईको पदावधि गत साउनमै सकिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.