|

भद्रपुर (झापा) : आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छन्। पक्राउ पर्नेमा  कनकाई नगरपालिका–८ बिरिङ पुल नजिकैका करिब ४५ वर्षीय आइतराज परियार रहेका छन्।

प्रहरीका अनुसार कात्तिक ३ गते दिउँसो परियारका श्रीमती माया घरमै मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा आइतराज फरार भइसकेका थिए। फरार उनलाई इलामको दानाबारीबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका आइतराजले श्रीमतीको हत्या गरेको स्वीकारेका छन्। उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.