|

काठमाडौं : ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईँको ६५ वर्षको उमेरमा  निधन भएको छ। 

कलेजोको समस्याबाट पीडित हुमागाईंको निधन अाइतबार ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा भएको हो। 

पशुपति आर्यघाटमा अाइतबार नै उनको अन्त्येष्टि गरिएको छ। दिवङ्गत हुमागाईँको एक छोरा र एक छोरी छन्। 

हुमागाईं क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहकार तथा काठमाडौँ जिल्ला संयोजक थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.