|

स्पेनिस जाइन्ट बार्सिलोनाले आफ्नो घरेलु मैदानको पुनर्संरचना गर्ने भएको छ। बार्सिलोनाले आफ्नो महत्वकांक्षी प्रोजेक्ट निर्माण प्रकृया सार्वजनिक गरेको हो। बार्सिलोनाले भिडियो सिमुलेशनको माध्यमबाट नोउ क्याम्प स्टेडियमको बिस्तार र अन्य पूर्वाधारको पुनर्निर्माणबारे क्लबको योजना सार्वजनिक गरेको हो।

भिडियोमा देखाइएअनुसार नउ क्याम्पको दर्शक क्षमता ९९ हजारबाट बढाएर एक लाख ५०० पुर्‍याइनेछ भने पूरै क्षेत्रमा छत लगाइनेछ। पुनर्निर्माणको सबै कार्य टिमको अभ्यासमा असर नपुग्ने गरी पोस्ट सिजनमा गरिने क्लबले जनाएको छ।

३६० मिलियन युरो लागतमा निर्माण हुने अनुमान गरिएको नयाँ स्टेडियमको निर्माण सन् २०२२ सम्म सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ। क्लबले यसअघि नै युवा टिमका लागि स्डेडियम निर्माण सुरु गरिसकेको छ। जसको नाम डच लेजेन्ड तथा बार्साका पूर्वस्ट्राइकर योहान क्रफ राखिनेछ। बार्सिलोनाको बास्केटबल टिमका लागि पनि नयाँ एरिनाको निमार्ण गर्न लागिएको  क्बले जनाएको छ। 

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.