|

कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा लगाएको कर्फ्यु सोमबार मध्यान्नसम्मका लागि हटाइएको छ। आइतबार साँझ ५ बजे लगाइएको कर्फ्यु सोमबार बिहान ८ बजे देखि दिउँसो १२ बजे सम्मका लागि हटाएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।

दुर्गाको मूर्ती विसर्जनको क्रममा विवाद भइ कृष्णनगर तनावग्रस्त भएपछि प्रशासनले कफ्यु आदेश जारी गरेको थियो। प्रशासनले कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तर तर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यु लगाउने निर्णय गरेको थियो। कर्फ्यु हटेपछि कृष्णनगरको जनजीवन सामान्य बनेको छ।

तनावपछि रोकिएको दुर्गा पूजाको मूर्ति विसर्जन अाइतबार राति कडा सुरक्षाबीच सम्पन्न गरिएको थियो। विजयादशमीको भोलिपल्ट अर्थात् एकादशी तिथिमा मूर्ति विसर्जन गर्ने परम्परा रहेकोमा यो वर्ष विवाद भएपछि द्वादशीमा गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.