|

जनकपुरधाम : धनुषाको जनकपुरधाम–ढल्केर सडकखण्डमा ट्रयाक्टरले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जनकपुरधाम उप–महानगरपालिका–१४ मुजेलियामा ट्रयाक्टरको ठक्करबाट स्कुटीको पछाडि रहेका सन्दीप नायक मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक दिपक साहले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते नायकलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। सोही दुर्घटनामा स्कुटी चालक राकेश साह घाइते भएका छन्। उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

सोमवार बिहान उत्तरतर्फबाट जनकपुर आउँदै गरेको ज २ त ११३ नम्बरको ट्रयाक्टरले पिडाडी चोकबाट मुजेलियातर्फ जाँदै गरेको ज ९ प ६१३३ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। मृतक नायकको शव पोष्टमार्टमका लागि अञ्चल अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रयाक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.