|

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोट यात्रा तीन वर्ष बढीको हुने भएको छ।

आइसिसीको कार्यकारी कमिटीको शनिबार सिंगापुरमा बसेको बैठकले भारतले एकदिवसीय पुरुष विश्वकप प्रतिस्पर्धा आयोजना गर्ने र छनोट ढाँचा तयार पारेको हो। पाँच वर्षपछि हुने विश्वकपमा पनि १० टोली मात्र रहने आइसिसीले जनाएको छ। सन् २०१९ मा बेलायत र वेल्सले आयोजना गर्ने विश्वकपमा पनि १० राष्ट्रबीच मात्र प्रतिस्पर्धा हुनेछ।

आइसिसीको एकदिवसीय वरीयताको शीर्ष आठ टोली सीधै विश्वकपमा छनोट हुनेछन्। आइसिसीले थप दुई टोली छनोट गर्न तीन वर्षे छनोट यात्रा तय गर्नु पर्ने छ।अवधि राखेको छ । आइसिसीले विश्वकप छनोटका लागि विभिन्न चरण प्रतियोगिता आयोजना गर्नेछ । तीन वर्षमा विभिन्न महादेशमा गरी ३ सय ७२ छनोट खेल हुनेछन् । जसबाट दुई राष्ट्र मात्र सन् २०२३ को विश्वकपमा छनोट हुनेछन्।

यसपटकको छनोट चरणमा तल्लो वरीयताका राष्ट्रले पनि बलियो राष्ट्रविरुद्ध छनोट चरणमा प्रतिस्पर्धा गर्न अवसर पाउने आइसिसीले जनाएको छ। विश्व क्रिकेट लिगमा रहेका २१–३२ वरीयता पाएका राष्ट्रले समेत विश्वकप छनोट खेलमा सहभागी हुन पाउने जनाएको छ ।

एकदिवसीय विश्वकपमा छनोट ढाँचाअनुसार तीनवटा सुपर लिग खेलहरु हुने छन्। जसबाट प्रतिस्पर्धा गरी आएका राष्ट्रमध्ये २ राष्ट्रलाई अन्तिम दशभित्र समावेश गर्ने जनाएको छ। आइसिसी सपुर लिग, आइसिसी लिग–२ र च्यालेन्च कप क्रिकेट प्रतियोगिताको आयोजना आइसिसीले गर्नेछ। सुपर लिगमा १३ राष्ट्र रहनेछन्। आइसिसीले टेस्ट मान्यता प्राप्त १२ राष्ट्रले सोझै सुपर लिगमा प्रतिस्पर्धा गर्न पाउने जनाएको छ।

तीन वर्षसम्म चल्ने आइसिसी वल्ड डिभिजन लिग क्रिकेट प्रतियोगिताको विजेता नेदरल्यान्डलाई १३औँ राष्ट्रका रूपमा सुपर लिगमा समावेश गरेको छ। यस प्रतियोगिताका शीर्ष आठ टोलीले सीधै विश्वकप खेल्नेछन्।

त्यस्तै आइसिसीले चार वर्षको अस्थायी मान्यता दिएका राष्ट्रहरूले सुपर लिग–२ प्रतिस्पर्धा गर्नेछन् । आइसिसीले नेपाल, युएई, स्कटल्यान्डसहित ७ राष्ट्रलाई एकदिवसीय मान्यता दिएको छ। यसै समूहमा सुपर लिगका ५ टोली पनि समावेश हुनेछन् । सुपर लिग २ मा आइसिसी डिभिजन-२ बाट आएका ४ राष्ट्रले छनोट खेल्नेछन्। सुपर लिगका शीर्ष तीन राष्ट्रले विश्वकप छनोट खेल्नेछन् । बाँकी चार राष्ट्र विश्वकप छनोट प्लेअफमा पुग्नेछन् । प्ले अफमा ६ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। च्यालेन्ज कपबाट दुई राष्ट्र अघि आउने छन्।

आइसिसीले तेस्रो चरणमा च्यालेन्च कप राखेको छ । आइसिसीले यस समूहमा १२ राष्ट्रलाई दुई समूहमा विभाजित गरेको छ। शीर्ष टोलीले विश्वकप छनोट प्ले अफमा स्थान बनाउनेछन्। आइसिसीले विश्वकप छनोटका लागि वरीयता सन् २०१९ को एकदिवसीय विश्वकप समाप्तिपछि सार्वजनिक गर्नेछ। बेलायत र वेल्सले आयोजना गर्ने एकदिवसीय पुरुष एकदिवसीय विश्वकपपछि नै आइसिसीले १  देखी ३२ राष्ट्रका वरीयता सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

जसअनुरूप डिभिजन–५ मा रहने राष्ट्रहरूले पनि विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न अवसर पाउनेछन् । टेस्ट मान्यता प्राप्त अफगानिस्तानले पनि सन् २००८ को आइसिसी डिभिजन–५ बाटै विश्वकप यात्रा थालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.