|

क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ। ती भूकम्पहरू ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन्।

पहिलो ६.६ म्याग्नीच्यूडको भूकम्प स्थानीय समयअनुसार १० बजेर ३९ मिनेट जाँदा गएको थियो। यो भूकम्पको केन्द्रविन्दु अमेरिकी सियाटलबाट ३५५ किमी उत्तरपश्चिममा रहेको छ।

दोस्रो ६.८ म्याग्नीच्यूडको भूकम्प एक घण्टापछि अर्थात ११ बजेर १६ मिनेटमा क्यानेडाली सहर पोर्ट हार्डीभन्दा १२२ माइल दक्षिणपश्चिममा गएको थियो।

त्यसको छ मिनेटपछि ६.५ म्याग्नीच्यूडको भूकम्प पोर्ट हार्डीबाट १३८ माइल दक्षिणपश्चिममा गएको थियो। लगत्तै सोही स्थानमा केही कमजोर ४.९ म्याग्नीच्यूडको भूकम्प गएको पनि अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ।

भूकम्पबाट धनजनको क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन। साथै अधिकारीहरुले सुनामीको चेतावनीसमेत जारी गरेका छैनन्। यो क्षेत्र उत्तरी भ्यान्कुभर द्वीपदेखि उत्तरी क्यालिफोर्नियासम्मको क्षेत्रमा फैलिएको विशाल फल्टलाइनमा पर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.