|

इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक संकटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ ।

फारुकले गत साता आफ्नो पुस्तक 'के इजिप्ट साँच्चिकै गरिब मुलुक हो?' का कैयौँ प्रति सुरक्षाकर्मीले जफत गरेको बताएका थिए।

'उहाँलाई गिरफ्तार गरिएको छ र पुस्तककै कारण उहाँलाई राज्य सुरक्षा अभियोजक समक्ष भोलि उपस्थित गराइनेछ,' मानव अधिकार सूचनाका लागि अरब सञ्जालको नेतृत्वसमेत गरिरहेका कानुन व्यवसायी गमाल इदले भने, 'फारुकविरुद्धको मुख्य आरोपका बारेमा सरकारी अभियोजनकर्ताले निर्णय गर्नेछन्।'

प्रहरीले पनि पुस्तककै कारण गिरफ्तार गरिएको मौखिक जानकारी गराएको बताइएको छ। इजिप्टको राष्ट्रपतिका रूपमा सन् २०१४ मा अब्देल फतेह अल–सीसी सत्तामा आएपछि मानव अधिकार समूहहरूले सबैजसो विपक्षीहरूलाई इजिप्ट सरकारले दबाएको आरोप लगाउँदै आएका छन्।

सरकारी अधिकारीहरुले आफ्नो मुख्य लक्ष्य आतंकवादसँग लड्नु र गलत सूचना फैल्याउने कार्य रोक्नु रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.