|

सिन्धुली :  नेपालीहरूको महान चाड दशैँको अवसरमा खेल्न बनाइएको पिङबाट खसेर सोमबार सिन्धुलीमा पाच वर्षीया एक बालिकाको ज्यान गएको छ। कमलामाई नगरपालिका–६ राम्माढीमा बिहान पिङ खेल्ने क्रममा पिङबाट खसेर पाच वर्षीया बालिका ऋषा नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिएका छन्।

बडादशैंको अवसरमा नेपाली समाजमा पिङ हाल्नुपर्ने र टीका लगाएपछि एकपटक आवश्य खेल्नुपर्छ भन्ने मान्यता छ। पिङ खेल्दा होस् नपुग्दा, पिङ चुटिदा, पहिलो चोटी खेल्दा डराउनेहरू पिङबाट बसेर दुर्घटना हुने संभावना बढी हुन्छ।

पछिल्लो समय नेपाली समाजबाट पिङ हराउने अवस्थामा छ। यस्तै दुर्घटनाले गर्दा पनि पछिल्लो समय पिङको आकर्षण कम भएको पाइन्छ। वडा दशैँको अवसरमा सिन्धुलीभर लगभग दुई सय पिङ हालिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.