|

कपिलवस्तु : कपिलवस्तुको प्रमुख व्यापारिक तथा सीमावर्ती केन्द्र कृष्णनगरमा लगाइएको कर्फ्यू लम्बिएको छ। कृष्णनगर क्षेत्रको जनजीवन सामान्य बन्दै गएको भए पनि सम्भावित हुनसक्ने घटनालाई मध्यनजर गर्दै सोमबार साँझ ५ बजेदेखि पुनः अनिश्चितकालीन समयका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए।

यसअघि स्थानीय प्रशासनले आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यूको घोषणा गरेको थियो। यस्तै सोमबार बिहान ८ बजेदेखि सांझ ५ बजेसम्मका लागि कर्फ्यू फुकुवा गरेको भए पनि सुरक्षा समितिको विशेष बैठकले पुनः सोमबार साँझदेखि अनिश्चितकालीन कर्फ्यू घोषणा गरिएको प्रजिअ पोखरेलले बताए।

कर्फ्यू लागू गरेपश्चात् कृष्णनगरको जनजीवन सामान्य भएको भन्दै सोमबार कर्फ्यू खुकुलो पारिएको थियो। आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू सोमबारै विहान ८ बजे देखि दिउँसो १२ बजे सम्मका लागि हटाइएको थियो। चाडपर्वको समय भएकाले नागरिकलाई आवातजावत गर्न सहजता बनाउन प्रशासनले सोमबार मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्मका लागि कर्फ्यू हटाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

दुर्गाको मूर्ती विसर्जनको क्रममा विवाद भर्इ कृष्णनगर तनावग्रस्त भएपछि प्रशासनले कफ्यू आदेश जारी गरेको हो। प्रशासनले कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाउने निर्णय गरेको थियो।

मूर्ति विसर्जनका विषयमा शनिबारदेखि बढेको विवाद सोमबार बिहानदेखि सामान्य बन्दै गएको छ। चाडपर्व मनाएर भारत जाने नेपालीहरूको चहलपहलसमेत कृष्णनगरमा बढ्न थालेको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.