|
प्रतीकात्मक तस्वीर

सुर्खेत : सुर्खेतमा बा ५ ख ६२०५ नम्बरको फोर्स जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स जिप कटकुवा र चारबाहीनीको बीचमा पर्ने गौशाला मोडमा अनियन्त्रित भई १० मिटर तल खसेको जिल्ला टाफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर बिसीले जानकारी दिए। घाइतेलाई उपचारका लागि क्षेत्रीय अस्पताल कालागाँउ सुर्खेतमा लिइएको प्रहरीले जनाएको छ। थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.