|
फाइल तस्बिर

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जेनेभा पुगेका छन्।

व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अङ्कट्याड) र स्वीट्जरल्याण्ड सरकारले संयुक्त रूपमा आयोजना गरेको लगानी मञ्चमा उनले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ। जेनेभास्थित राष्ट्रसंघीय र अन्य अन्तर्राष्ट्रिय संघठनका लागि स्थायी नेपाली नियोगका अनुसार मन्त्री यादवले ‘भूपरिवेष्टित अल्पविकसित देशमा वैदेशिक लगानी प्रवर्द्धन’ विषयको गोलमेच बैठकलाई सम्बोधन गर्ने छन्।

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले भने ‘दिगो विकासका लागि महिला विकासः उद्यमशीलता तथा लगानी परिदृष्य रुपान्तरणका निम्ति महिलाको आर्थिक सशक्तीकरण’ विषयको अन्तर्राष्ट्रिय छलफलमा सहभागी हुनेछन्।

सोमबारदेखि शुरु भएको विश्व लगानी मञ्चमा १५ देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, ५० भन्दा बढी मन्त्री र १०० जनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत, राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संगठनका वरिष्ठ कार्यकारीका साथै नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको उक्त नियोगले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.