|

सुर्खेत : सुर्खेतमा बा ५ ख ६२०५ नम्बरको फोर्स जिप दुर्घटना हुँदा २१ जना बढी घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स जिप कटकुवा र कपासेको बीचमा पर्ने गौशाला मोडमा अनियन्त्रित भई १० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर बिसीले जानकारी दिए।

घाइतेलाई उपचारका लागि क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा लिइएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.