समाज

लुक्लामा माउण्टेन एयरको हेलिकोप्टर दुर्घटनाबाट जोगियो
SHARES

कात्तिक ५, २०७५

    सोलुखुम्बु : सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकोप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ।

    विमानस्थलमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकोप्टरको आफ्नै पङ्खाले पुच्छरमा लागेको हो। पुच्छरमा लागेको भए पनि ठूलो क्षति नभएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए।

    काठमाडौंबाट लुक्ला आएको अर्को हेलिकोप्टरको कारणले उक्त हेलिकोप्टरमामा सामान्य क्षति भएको बताइएको छ। सोमबार बिहान १०:४५ बजे ल्याण्ड गरिएको हेलिकोप्टर नजिकै अर्को हेलिकोप्टरसमेत ल्याण्ड गराउने क्रममा उक्त घटना भएको सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

    ल्याण्ड गरी राखिएको उक्त हेलिकोप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा पछाडिको भागमा सामान्य क्षति पुगेको छ। क्षति पुगेको उक्त हेलिकोप्टरलाई काठमाडौंबाट प्राविधिकको टोली आई मर्मत गरेपछि पुनः काठमाडौं लगिने नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]