|
प्रतीकात्मक तस्वीर

भद्रपुर, (झापा) : माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० निवासी ४५ वर्षीय खड्गबीर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार घर नजिकैको अदुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा राईको मृत्यु भएको थियो। आइतबार दिउँसो १२ बजे घरबाट निस्किएका राई साँझसम्म घर नफर्किएपछि उनको खोजी गर्दा उनी खोलामा मृत अवस्थामा भेटिएको थियो। राईको शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.