|

कैलाली : धनगढीको गणेशलक्ष्मी इन्टरप्राइजेजमा लागेको आगलागी नियन्त्रणमा आएको छ। मुख्य बजारस्थित एनसिसि बैँक छेउमा रहेको गणेशलक्ष्मी इन्टरप्राइजेजमा सोमबार दिउँसो करिब पौने चार बजेतिर एक्कासी आगो लागेको हो। नेपाल प्रहरी, ससस्त्र प्रहरी नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको हो। आगलागीको कारण भने खुल्न सकेको छैन।

धनगढी उपमहानगरपालिकाको दमलले आगो नियन्त्रण गर्न नसके पनि गोदावरी नगरपलिकाको दमकल पनि आगो नियन्त्रणमा प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरि वलीले बताए। आगो नियन्त्रणमा आ एपनि क्षतिको विवरण नआएको उनले बताए। पसलेको माथिल्लो तलामा रहेको जुत्ता चप्पलको गोदाममा आगलागि भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.