|

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल वर्तमान सरकारमा जवाफदेहीता चरम अभाव रहेको बताएका छन्। जापानको  राजधानी टोकियोमा जनसम्पर्क समिति जापानले गरेको कार्यक्रममा पौडेलले सरकारका पछिल्ला गतिविधिले जनतामा निरासा छाएको बताएका हुन्। 

नेता पौडेलले ‘वाइडबडी’ विमान खरिद प्रकरण तथा बूढीगण्डकी परियोजनाविना टेण्डर चीनको गेजुवा कम्पनीलाई दिने सरकारी निर्णयप्रति कडा आपत्ति जनाए। ‘यस्ता विवादास्पद विषयमा जनस्तरबाट पटक–पटक आइरहेका टिप्पणीलाई सही सम्बोधन नगरी सरकारले जवाफहीन संस्कृतिलाई प्रश्रय दिएको छ’, पौडेलले भने। 
बढ्दो भ्रष्टाचार, चरम महँगी, कमजोर सुरक्षा व्यवस्था, फितलो प्रशासनका कारण जनता वाक्कदिक्क भइसक्दा समेत दुई तिहाई बहुमत रहेको वर्तमान सरकारले केही गर्न नसक्नु ठूलो लज्जाको विषय पौडेलेको भनाइ थियो। 

उनले प्रवासमा रहेको नेपालीहरूलाई घर जग्गा खरिदमा नभई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरे। ‘विदेशमा बसेका नेपालीले पैसा मात्र कमाएका छैनन्, प्रविधि र सीप पनि सिकेका छन्, अब त्यस्तो प्रविधि र सीपको प्रयोग स्वदेशमै हुनुपर्छ र विदेशीका युवालाई स्वदेश फर्काउनुपर्छ’, पौडेलले भने।

४० वर्ष मुनिका व्यक्तिको योगदानका कारण नै चीन र भारतले हरेक क्षेत्रमा अभूतपूर्व विकास गरेको दृष्टान्त दिँदै उनले नेपालका त्यस्ता बहुसंख्यक युवा भने विदेशी भूमिमै परिश्रम गर्न बाध्य भएका कारण विकास हुन नसकेको दाबी  गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.