|
प्रतीकात्मक फोटो

सोलुखुम्बु : खुम्बु पासङल्हमु गाउँपालिका ४ मा लेक लागेर एक विदेशी नागरिकको ज्यान गएको छ। सगरमाथा आधारशिविरबाट फर्कने क्रममा सोमबार अष्ट्रेलियन नागरिक पोटरको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपि सालिग्राम शर्माले जानकारी दिए।

लेक लागेर विरामी भएका ७० वर्षीय अष्ट्रेलियन नागरिक पोटरको उपचारका लागि लैजाने प्रयास हुँदाहुदै ज्यान गएको प्रहरीले जनाएको छ। शवको कानुनी प्रकृया पूरा गरी पोष्ठमाटमको लागि काठमाडौं लगिएको छ।

पढाइ खर्च जुटाउँन गएकी कुलुङको सपना चकनाचुर

दशैँ तिहार बिदाको समयमा पढाई खर्च जुटाउँन मेरापिक गएकी सवीना कुलुङको मृत्यु भएको छ। कक्षा १० मा अध्ययनरत १६ वर्षीया कुलुङको लेक लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक रेशम बहादुर पराजुलीले जानकारी दिए।

चार दिनअघि लेक लागेर उनको मृत्यु भएको थियो। चार दिनअघि महाकुलुङ गाउँपालिकाको खोङ्मादिङमा मुत्यु भएकी कुलुङको शव भने सोमबार मात्र उद्धार गरिएको हो। कुलुङको शव सोमबार बिहान ८ बजे हेलिकोप्टरबाट जन्मघर बुङ ल्याइएको छ।

कुलुङको शव उद्धार गर्न ४ दिनदेखि प्रयास गरीए पनि मौसम प्रतिकूलताका कारण असफल भएको थियो। चार हजार सात सय मिटरको उच्चाइमा लेक लागेर मृत्यु भएकी राईको शव उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टरले प्रयास गरिए पनि हाई अल्टिच्यूटका कारण असफल भएको सोलुखुम्बुका सांसद एवं नेकपाका केन्द्रीय सदस्य हेमकुमार राई (शरवीर)ले जानकारी दिए।

सोमबार एक निजी हाईअल्टिुच्यूट हेलिकोप्टरबाट उद्धार गरी शव बुङ ल्याइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए। मृतक कुलुङ ६ हजार दुई सय मिटरको उचाइमा रहेको मेरा पिक पार गरेर खोङमादिङ झर्दै गर्दा लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै लेक लागेर बेहोस भएका चुडामणि कुलुङको समेत उद्धार गरिएको छ। मृतक सवीनालाई होटलबाट लिन आएका चुडामणिलाई समेत लेक लाग्दा हिजो बेहोस भएका थिए। उनको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.