|

काठमाडौं : भूकम्पका कारण पूर्ण क्षति भएका आठ लाख १० हजार ६९० घरधुरी निजी आवास पुनर्निर्माणका लागि अनुदान पाउने लाभग्राही सूचीमा दर्ता भएका छन्। त्यसमध्ये कात्तिक ५ गतेसम्ममा तीन लाख सात हजार १०४ घर बनिसकेका छन्।

सोहीमध्येको सात लाख २७ हजार ५९८ घरधुरीले अनुदान सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। आर्थिक अभियान दैनिकका अनुसार भूकम्पपीडितको सूचीमा रहेका झण्डै १० प्रतिशत लाभग्राही नक्कली रहेको र उनीहरूका लागि राज्यको झण्डै ३० अर्ब रुपैयाँभन्दा बढी रकम खेर जाने देखिएको छ।

त्यसलाई रोक्न सरकारले स्थानीय तहदेखि नै पुनः अध्ययन गर्ने भएको छ। नक्कली भूकम्पपीडिले राज्यबाट लिएको अनुदान फिर्ता गराउन प्राधिकरण लागिपरेको प्राधिकरण कार्यसमितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.