|

कपिलवस्तु : जिल्लाको प्रमुख व्यापारिक तथा सीमावर्ती केन्द्र कृष्णनगरमा लगाइएको कर्फ्यु ६ घण्टाका लागि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालका लागि लगाएको कर्फ्यु मंगलबार बिहान ६ बजेदेखि दिउसो १२ बजेसम्महटाएको छ।

रातको समयमा सुरक्षा संवेदनशीलता बढी अपनाउनु पर्ने भएकाले कर्फ्यु लगाउनु परेको प्रशासनले जनाएको छ। कृष्णनगरको जनजीवन सामान्य बनाउन अर्को आदेश जारी नहुँदा सम्म १२ बजे सम्मका लागि कर्फ्यु हटाएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए।

स्थानीयवासीको आग्रहमा उनीहरुलाई किनमेल गर्न, खाद्यान्न र उपभोग्यवस्तु आपूर्ति व्यवस्था मिलाउनका लागि कर्फ्यु मंगलबार ६ घण्टाका लागी हटाइएको प्रहरी नायब उपरिक्षक रवि रावलले बताए।

दुर्गा मूर्ति परिक्रमा गर्ने क्रममा शुक्रबार साझ जुलुसमाथि ढुङ्गा हानिएपछि विवाद हुँदा ४ दिनदेखि कृष्णनगर तनावग्रस्त छ। अवस्था सहज बन्दै गएपछि कर्फ्युको समय घटाइएको जिल्ला सुरक्षा समितीले जनाएको छ। भारतीय एसएसबीले पनि सीमामा असहज स्थिति भएकाले सतर्कता अपनाएको छ।

प्रशासनका अनुसार कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तर तर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यु लगाइएको हो।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.