|

चीनले विश्वकै सबैभन्दा लामो सामुद्रिक पुल बनाएको छ। आठ रेक्टर स्केलसम्मको भूकम्पले पनि नभत्किने ५५ किलोमिटर लम्बाइको उक्त पुलले चीनका स्वशासित क्षेत्र हङकङ र मकाउलाई चीनको मुख्य शहर झुहाईसँग जोड्नेछ।

यो पुल हालसम्म संसारमा रहेका सामुद्रिक पुलमध्ये सबैभन्दा लामो हो। नौ वर्ष लगाएर उक्त पुल निर्माण गरिएको हो। पुल निर्माणमा २० अर्ब डलर खर्च भएको जनाइएको छ। राष्ट्रपति सि जिन पिङले उक्त पुलको बुधबार उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटनपश्चात् बुधबारदेखि नै सवारी साधनका लागि पुल खुला गरिने चिनियाँ अधिकारीहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.