|

ठान : झिमरुक गाउँपालिकाले प्युठानमा मोबाइल एप्स प्रयोगमा ल्याएको छ। गाउँपालिकाबाट सञ्चालन गरिँदै आएका हरेक सेवा र महत्त्वपूर्ण जानकारी दिई नागरिक सचेतनाका लागि मोबाइल एप्स प्रयोगमा ल्याइएको झिमरुक गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाबाट प्रदान गरिँदै आएका सेवालाई अझ सरल र सर्वसुलभ ढंगबाट प्रवाह गर्न मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष तिलकबहादुर जिसीले बताए। सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्तालगायतका सेवाहरु मोबाइल फोनमार्फत हेर्न सकिने व्यवस्था भएको बताइएको छ। एप्समा प्रत्येक वडाको विवरण, पर्यटकीय स्थल, अस्पताल, शैक्षिक संस्था, होटल, बैंक, प्रशासनिक कार्यालय पत्ता लगाउन सकिन्छ। गाउँपालिकाबाट पारित ऐन, नियम, कार्यविधि, बजेट तथा कार्यक्रम सजिलै हेर्न सकिन्छ।

आफ्नो मोबाइलको प्ले स्टोरमा गई झिमरुक रुरल म्युनिसिप्यालिटी टाइप गरी डाउनलोड गरेर झिमरुक गाउँपालिकाको हरेक गतिविधि जानकारी लिन सकिने गाउँपालिका कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.