|

काठमाडाैं :  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ। 

मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो। केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौंमा उपचार गराइ रहेकी अर्याललाई दशैँको समयमा घर ल्याइएको थियो। 

स्व तारादेवीका चार छोरा र चार छोरी रहेका छन्। स्व अर्यालको मंगलबार रामनदी धाम राम्दीमा दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.