|
प्रतीकात्मक तस्वीर

बाजुरा : प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित कोल लोप हुन थालेका छन्। जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच र विद्युत् मिलको विकासले परम्परागत कोल लोप हुँदै गएका हुन्।

पछिल्लो समयमा मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालिका–२ का स्थानीय हर्क महतले बताए। तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुँदै जानु तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउँदै गएको छ।

बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन्। 

जिल्लामा सयौँको सख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन्। गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेसिन हराउँदै गइरहेका छन्। परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, अमिलो, र तोरी पेल्ने गरिन्छ। कोलमा तेल पेल्न बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत लगाउन छोडेको स्थानीय औला कार्कीले बताए। 

करीब एक दशकअघि जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भइरहेका कोल देखिन मुस्किल भएको छ। आधुनिक मेसिनको बढ्दो प्रयोग र विकाससँगै सामग्रीको प्रयोग र संरक्षण विस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.