|

कपिलवस्तु : धान काट्ने मेसिनले ठक्कर दिँदा कपिलवस्तुमा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवराज नगरपालिका–४ चनईका ६० वर्षीय महबुब मुसलमान रहेका छन्।

मेहबुबकै खेतको धान काट्ने क्रममा लु ३ त १३४१ नम्बरको कम्बाइन मेसिन ब्याक गर्दा ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका मेहबुबलाई उपचारका लागि बुटवल लगिएको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर चितवन पुर्याइएकाउनको उपचारकै क्रममा मृत्यु भएको हो।

उनको मृत्युपछि मात्र परिवारले खबर गरेको प्रहरीले बताएको छ। खबर पाएलगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाले चालक र कम्बाइन मेसिनलाई सोमबार साँझ नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शव भरतपुरमै मङ्गलबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.