|

काठमाडौं : सरकारले विद्युतीय सवारीसाधनमा छुट दिएसँगै सार्वजनिक यातायातमा पनि विद्युतीय गाडीले प्रवेश पाएको छ। सुन्दर यातायात र मयुर यातायातले तिहारलगत्तै विद्युतीय सार्वजनिक सवारीसाधन भित्र्याउने तयारी गरिरहँदा साझा यातायात प्रालिले मंगलबारबाट विद्युत्तीय सवारीसाधन सुरू गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले साझाले भित्र्याएका दुई गाडी उद्‍घाटन गरेका हुन्। साझाले चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको पाँच गाडी ल्याउने लागेकोमा दुईवटा गाडीको प्रधानमन्त्रीबाट उद्‍घाटन गराएको छ भने तीनवटा आउने क्रमममा रहेको साझाले जनाएको छ। 

गाडीका विशेषता
२० सिट क्षमता रहेका यी विद्युतीय गाडीमा अन्य गाडीको तुलनामा फराकिलो रहेको छ। उभिएर यात्रा गर्नका लागि ह्याङ्गर लगायतका सुविधाहरू रहेका छन् भने सिसिक्यामेरा  जडान गरिएको छ। यी गाडी अहिले लुम्बिनी क्षेत्रमा संचालन गरिने साझा यातायात निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बताए। 

सबै शहरमा विद्युतीय सवारीसाधन 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.