|

काठमाडौं : बडादशैँ र विवाहको सिजन नजिकिँदै गर्दा सुनको मूल्य वृद्धि भएको छ। जसको प्रत्यक्ष प्रभाव यसको कारोबारमा परेको छ।

गत वर्ष बडादशैँमा दैनिक ५० किलो सुनको कारोबार भएकामा यस पटक दैनिक करीब ३० किलोको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो वर्ष घटस्थापनादेखि फूलपातीसम्म सुनको दैनिक माग करीब ५० किलो भए पनि सोहीअनुसारको आपूर्ति भई सन्तुलन कायम भएको थियो। अहिले सोही समयमा बजारमा सुनको मागभन्दा आपूर्ति अत्यधिक रहेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढेको तथा नेपाली रुपियाँको अवमूल्यन हुँदै गएकाले पनि सुनको मूल्य निरन्तर बढेको छ। यसको मूल्य क्रमिक रुपमा बढेका कारण सर्वसाधारणको पनि आकर्षण घटेको पाइएको छ।

यस वर्ष बडादशैँको अवधिमा रत्न तथा आभूषणको कारोबार पनि अघिल्लो बडादशैँको तुलनामा ४० प्रतिशतले कम भएको नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष ज्योत्स्ना श्रेष्ठले जानकारी दिए। बजारमा छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँ कायम भई मंगलबार कारोबार भइरहेको छ। गत बडादशैँमा भने सोको प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.