|

व्यापार युद्धका कारण चीनकी सबैभन्दा धनी महिलाले झु क्विनफेको सम्पत्ति ६६ प्रतिशतले घटेको छ। लेन्स टेक्नोलोजीको सञ्चालक रहेकी झुको सम्पत्ति मार्च महिनामा १० अर्ब अमेरिकी डलर रहेकोमा अहिले ट्रेड वारका कारण घटेर ३.४ अर्ब अमेरिकी डलरमा सीमित भएको छ।

ब्लूमवर्ग बिलिनियर इन्डेक्सको तथ्यांकअनुसार चिनियाँ धनाढ्यहरूमध्ये सबैभन्दा धेरै नोक्सान झुको कम्पनीलाई भएको छ। उनको कम्पनीको शयेर जनावरीयता ६२ प्रतिशत गिरावट आएको छ। उनको लेन्स टेक्नोलोजीले टेक कम्पनी एप्पल र कार निर्माता कम्पनी टेस्लालाई ग्लास स्क्रीन सप्लाई गर्दछ।

चिनियाँ धेरै कम्पनीहरूले अमिरकी टेक कम्पनीहरूलाई विभिन्न कच्चा पदार्थ सप्लाई गर्दै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो महिना चिनियाँ सामान २६७ अर्ब डलरको अतिरिक्त ट्याक्स लगाउने घोषणा गरेका छन्। यसअघि पनि चिनियाँ सामानमा अमेरिकाले अतिरिक्त कर लगाउँदा चीनलाई दुई सय अर्ब डलर थप भार परेको थियो।

यसपछि चीनका धेरै उद्योगपतिलाई ठूलो नोक्सानी परेको छ। अमेरिका-चीनका ट्रेड वारका कारण अलिबाबा ग्रूपका संस्थापक ज्याक मा र टेनशेट हाल्डिंग्सका सिइयोमा हुतेनले पनि नोक्सानी व्यहोरेका छन्। ५०० बढी चिनियाँ धनाढ्यले ट्रेड वारका कारण अहिलेसम्म ८९ अर्ब अमेरिकी डलर नोक्सानी व्यहोरेका बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.