|

काठमाडौं : धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा सामान्य अंकले घटेको छ। कारोवार मापक नेप्से परिसूचक ३.४८ विन्दुले घटेर एक हजार २४१.६ विन्दुमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले घटेर २६४.३१ विन्दुमा पुगेको छ। नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ।

कूल १५५ कम्पनीको आठ लाख ४२ हजार १९८ कित्ता शेयर १९ करोड ८७ लाख ७५ हजार ८३४ मूल्यमा खरिद बिक्री भएको छ। कारोवार भएका १० उपसमूहमध्ये मंगलबार दुई उपसमूहको शेयर कारोबारमा भने वृद्धि भएको छ, भने आठ उपसमूहको शेयर भने घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

वित्त क्षेत्र ४.३६ र उत्पादन ३१.६२ विन्दुले बढेको छ । यस्तै बैंकिङ शून्य.९५, विकास बैंक ६.९३, जलविद्युत् ३.५७, निर्जीवन बीमा ७७.६४, अन्य ५.३६, माइक्रोफाइनान्स ८.२९, जीवन बीमा ३५.८ विन्दुले घटेको छ। यस्तै होटल उपसमूहको भने आज कुनै पनि शेयर कारोबार भएन।

युनाइटेड फाइनान्स, अरुण काबेली पावर लिमिटेड र ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मंगलबार कमाएका छन् भने समता माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.