|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाको पौराइस्थित पूर्व पश्चिम राजमार्गमा चारजना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा चन्द्रपुर नगरपालिका  १ का २२ वर्षीय शिव खड्काको उपचारको क्रममा मृत्यु भएको  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक युवराज खडकाले जानकारी दिए।

सोमबार राति करिब १० बजे पौराइमा ना ३४ प ६४४० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। एउटै मोटरसाइकलमा सवार २३ वर्षीय शक्ति थिङ,२५ वर्षीय भीमबहादुर मोक्तान र २४ वर्षीय धिरज मगरकाे अवस्था गम्भीर रहेको नायव उपरीक्षक खड्काले जानकारी दिए।

घाइते तीनैजनाको वीरगजस्थित हेल्थ केयर अस्पतालकाे आइसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको  छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.