|

काठमाडौं : नाटक लेखन, निर्देशन तथा अभिनय गर्दै आएका प्रदीपकुमार चौधरी भिडियो निर्देशनमा डेब्यु गरेका छन्। निर्देशक चौधरीले गायक अशोक सिवाको आवाज रहेको 'ए कान्छी' बोलको गीतको भिडियो निर्देशन गरेर म्युजिक भिडियो निर्देशनमा हात हालेका हुन्।

पहिलोपटक म्युजिक भिडियो निर्देशन गरेका प्रदिपले कालापत्थरमाथि, मसानटार, घर्ताली आतंक, विगत या वर्तमान, उठौं जागौं, एक युगमा एक दिनलगायतका नाटक लेखन एवं निर्देशन गरेका छन्।

गाईघाटलाई केन्द्र बनाएर नेपाली संगीतको क्षेत्रमा क्रियाशिल गायक शिवाले लामो समयको अन्तरालमा 'ए कान्छी' बोलको गीत/भिडियो लिएर दर्शक/श्रोता माझ आएका हुन्। ट्राभल स्टोरी समेटिएको भिडियो प्रदीपले निर्देशन गरेका हुन्। हरी हुमागाईंको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको भिडियोमा नायिका सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदीप रावल, गोकुल पोखरेल, विकास लामाले अभिनय गरेका छन्।

हेर्नुस् भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.